• १२ कात्तिक २०८२, बुधबार

आलमदेवीमा पुरुष भलिबल आजदेखि सुरु हुँदै

blog

अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक १२ गते ।
कालीगण्डकी गाउँपालिका –३ आलमदेवी देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।

३९ वर्षदेखि हरिबोधनी एकादशीको अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष पनि जनज्योति क्लबले आयोजना गरेको हो ।

क्लबका अध्यक्ष टोपबहादुर रानाले खेल हरिबोधनी एकादशीको दिनमा सकिने र लिग प्रणाली खेलाइने बताउनुभयो ।

प्रतियोगिताको विजेता टिमलाई एक लाख ३० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोले ८० हजार, तेस्रोले ४० हजार र सान्त्वना टिमले २० हजार रुपियाँसहित शिल्ड, मेडल  प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, वेष्ट प्लेयरलाई तीन हजार रुपियाँ तथा विधागत पुरस्कार अन्तर्गत वेष्ट ब्लकर, सेटर, डिफेन्डर, स्पाइकर, सर्भर र कोचलाई जनही एक हजार पाँच सय रुपियाँ प्रदान गर्ने रानाले बताउनुभयो ।

३९ वर्षको परम्परा निरन्तरता दिनु हाम्रो गर्व भएको बताउदै यस पटक पनि स्थानीय टिमहरूको सहभागिताले प्रतियोगितालाई अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाउने विश्वास रहेको बताउनुभयो ।