शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १२ गते । अन्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । सङ्घका अनुसार अघिल्लो दिनको तुलनामा प्रतिक्रेट ५० रुपियाँ भाउ बढेको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै ठुलो अन्डाको मूल्य प्रतिक्रेट पाँच सय रुपियाँ र मध्यम अन्डाको ४५० रुपियाँ पुगेको जानकारी दिनुभयो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरेको उहाँले जानकारी दिनुभयो ।