शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक ११ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सलाई एसियन पेन्ट्सले सहप्रायोजन गर्ने भएको छ ।
प्रायोजनसम्बन्धी सम्झौता पत्रमा मङ्गलबार कर्णाली याक्स स्पोर्ट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरे र एसिएन पेन्ट्सका प्रतिनिधिले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर पछि निर्देशक घिमिरेले क्रिकेट खेलमा निजी क्षेत्रको सहयोग अतुलनीय रहेको बताउनुभयो ।
एसियन पेन्ट्ससँगको सहयात्राले एनपिएलमा कर्णाली याक्स थप बलियो रूपमा प्रस्तुत हुने छ, घिमिरेले भन्नुभयो । दोस्रो संस्करणको एनपिएल आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुँदैछ ।
अघिल्लो संस्करणमा कर्णालीले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । सोमपाल कार्मी मार्की खेलाडी रहनुभएको कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल हुनुहुन्छ ।