• ११ कात्तिक २०८२, मङ्गलबार

केन्यामा विमान दुर्घटना, १२ जनाको मृत्यु

blog

नैरोबी(केन्या) कात्तिक ११ गते । केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५-वाई-सिसिए विमान दुर्घटनाग्रस्त भएको केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले विज्ञप्ति मार्फत पुष्टि गरेको छ । “विमानमा १२ जना यात्रु रहेको पुष्टि गर्दै दुर्घटनाको कारण र यसको प्रभाव पत्ता लगाउनका लागि अनुसन्धान भई रहेको केसीएएले जनाएको छ । 

मासाई मारा नेसनल रिजर्भ तर्फ जाँदै गरेका विमानमा सवार पर्यटक यात्रुको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । विमान मोम्बासा र देशका अन्य लोकप्रिय पर्यटकीय गन्तव्यबिच सञ्चालन गर्ने एयरलाइन्सको भएको जनाइएको छ । रासस/सिन्ह्वा