शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक ११ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाम मङ्गलबार डुबेर एक पुरुषको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ८ स्थित डिठा पोखरीमा छठ मनाउने बेलामा गएका सोही नगरपालिका वडा नम्बर ९ निवासी ५० वर्षीय सुर्जा भनिने सुरज राममने पोखरीमा डुबेर मृत्यु भएको हो ।
राम मादक पदार्थ सेवन गरी पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भई डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँले मृतक रामको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाउने तयारी भईरहेको बताउनुभयो ।