• ११ कात्तिक २०८२, मङ्गलबार

झापामा रात्री बस दुर्घटना : १९ जना घाइते

blog

झापामा दुर्घटना भएको बस । तस्बिर : बिष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, कात्तिक ११ गते ।
झापाको मङ्गलबार बिहान बस दुर्घटना हुँदा चालकसहित १९ जना यात्रु घाइते भएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १० माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको रात्री बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्री बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएर दुर्घटना भएको हो ।

बसमा २५ यात्रु सवार रहेकोमा १९ जना घाइते भएका र उनिहरुलाई तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ । खड्काका अनुसार बस चालक ३९ वर्षीय राजु भुजेलसहित घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश रामेछाप मन्थली र झापाका रहेका छन् ।

सबै घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको खड्काले बताउनुभयो । दुर्घटनाको विषयमा विस्तृत अनुसन्धान कार्य सुरु भएको प्रहरीले जानकारी दिएको छ ।