काठमाडौँ, कात्तिक ११ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९० पैसा र बिक्रीदर १४१ रुपियाँ ५० पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ९९ पैसा र बिक्रीदर १६४ रुपियाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ९८ पैसा र बिक्रीदर १८८ रुपियाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ०५ पैसा र बिक्रीदर १७७ रुपियाँ ८१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ३७ पैसा र बिक्रीदर ९२ रुपियाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ८२ पैसा र बिक्रीदर १०१ रुपियाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ६९ पैसा र बिक्रीदर १०९ रुपियाँ १५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २३ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८३ पैसा र बिक्रीदर १९ रुपियाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७ रुपियाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६६ पैसा र बिक्रीदर ३८ रुपियाँ ८२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३१ पैसा र बिक्रीदर चार रुपियाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३६ पैसा र बिक्रीदर ३८ रुपियाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ४७ पैसा र बिक्रीदर ३३ रुपियाँ ६१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८४ पैसा र बिक्रीदर नौ रुपियाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०२ पैसा र बिक्रीदर १५ रुपियाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९६ पैसा र बिक्रीदर २२ रुपियाँ ०५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ १४ पैसा र बिक्रीदर १८ रुपियाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपियाँ ६० पैसा र बिक्रीदर ४६१ रुपियाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ७६ पैसा र बिक्रीदर ३७५ रुपियाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपियाँ ५२ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस