• ८ कात्तिक २०८२, शनिबार

गुल्मीमा आगलागीबाट घर जलेर नष्ट

blog

तिलाचन पाण्डे
तम्घास(गुल्मी), कात्तिक ८ गते ।
गुल्मीमा आगलागीका कारण घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्ल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार मदाने गाउँपालिका– ७ टिमुरखर्कका देवबहादुर वलीको दुई तले ढुङ्गाले छाएको कच्ची घर जलेर नष्ट भएको हो ।

मानसिक अवस्था ठिक नभएका निजका छोरा ३८ वर्षीय खिमबहादुर वलीले गएराति आगजनी गरेको बुझिएको र निज फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगलागीका कारण घरमा भएको अन्नपात जलेर पूर्ण रुपमा नष्ट भएको र क्षतीको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।