• ८ कात्तिक २०८२, शनिबार

सप्तरीमा जुवा खेल्दै गरेका चार जना प्रहरीको नियन्त्रणमा

blog

विनय कर्ण 
कल्याणपुर (सप्तरी), कात्तिक ८ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकाको वडा नम्बर ४ बकालस्थित किरण कुमार चौधरीको माछा फर्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा सोही ठाउँ घर भएका ४६ वर्षीय किरण कुमार चौधरी, ५४ वर्षीय प्रेमकान्त चौधरी, वडा नम्बर ५ का ४६ वर्षीय सत्य नारायण सरदार र वडा नम्बर ८ बस्ने ३८ वर्षीय महेश मण्डललाई शुक्रबार राति १ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँहरुको साथबाट ५३ हजार १० रुपियाँ समेत बरामद गरिएको छ । पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान तथा कारबाही अगाडी बढाईएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो ।