• २० वैशाख २०८१, बिहिबार

न्यू डायमन्डको पहिलो जित

blog

महिला राष्ट्रिय भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असार १६ गते । आयोजक न्यू डायमन्ड क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउद्देस्यीय कभर्डहलमा बिहीबार भएको खेलमा न्यू डायमन्डले परोपकार महिला टिमलाई ३–० को सोझो सेटमा हरायो ।  

न्यू डायमन्डले २५-२२, २५-१०, २५-१४ को जित निकालेको हो । प्रतियोगितामा तीन खेल खेलेको डायमन्डले यसअघि दुई हार खेपिसकेको छ । डायमन्डले तेस्रो स्थानको लागि शनिबार परोपकारसँग नै खेल्नेछ । फाइनलमा एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । बागमती प्रदेश खेलकुद विकास परिषदको मुख्य प्रायोजनमा सञ्चान हुने प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपियाँ र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

यस्तै तेस्रो हुनेलाई एक लाख २५ हजार र चौथो हुने टोलीलाई ७५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।