• १६ असोज २०८२, बिहिबार

उत्कृष्ट पलम्बर भण्डारी सम्मानित

blog

पलम्बरमा राम्रो काम गरेको भन्दै स्थानीयद्वारा भण्डारीलाई सम्मान गरिदै । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, असोज १६ गते । गाउँपालिकामा पलम्बरका रुपमा काम गर्दै आउनुभएका अदानचुली गाउँपालिका –२ का हेलु भण्डारीलाई स्थानीयवासीहरु मिलेर बडा दसैको अवसरमा सम्मान गरेका छन् । मिहिनेत र परिश्रम गरी अदानचुली गाउँपालिका केन्द्र रहेको श्रीनगरमा खानेपानी नियमित आउने ब्यवस्थाका लागि रात दिन खटिएको भन्दै भण्डारीलाई सम्मान गरिएको हो । 

अदानचुली गाउँपालिका –२ निवासी खानेपानीका पलम्बर भण्डारीलाई सधै समस्या भोग्ने श्रीनवरवासीलई खानेपानी नियमित ब्यवस्था गर्नमा राम्रो काम गरेको भन्दै उक्त योगदानलाई कदर गर्दै नगद दुई हजारसहित सम्मान गरिएको स्थानीय तारा भण्डारीले बताउनुभयो । 

उहाँले खानेपानी नियतिम आउने ब्यवस्था गरेकै कारण महिलालाई पानी पधेरो गर्न र गाईवस्तुलाई पहिलाको भन्दा पानी पिउनका लागि सहज बनाएकाले सम्मान गरिएको बताउनुभयो । भण्डारी गाउँवासीका युवायुवती मिलेर एक कार्यक्रमको आयोजना गरी गाउँका बुढापाकाबाट आशीर्वाद दिने काम गरिएको छ । 

आफ्नो कामलाई निरन्तरता दिएर खानेपानी सधै आउने ब्यवस्थाका लागि आफु दत्तचित्त भएर लाग्ने भण्डारीले बताउनुभयो । भण्डारीसहित अन्य दुई जना पनि गाउँपालिकाले पलम्बरका रुपमा नियुक्त गरेको थियो ।