• १६ चैत २०८०, शुक्रबार

विद्यालयका अधिकांश बिद्यार्थीमा ठेउला

blog

ठेउला रोग आशंका गएिका बिद्यार्थीहरुको शरिरमा देखिएको बिराम । तस्बिर: राजन रावत

हुुम्ला, असार १६ गते । खार्पुनाथ गाउँपालिकाको हुुम्ला माध्यामिक विद्यालयका अधिकांश विद्यार्थीमा ठेउला देखापरेको छ । गाउँपालिका वडा नम्बर ३ को उक्त माध्यमिक विद्यालयका विद्यर्थीहरुमा ठेउला रोग देखिएपछि विद्यालय प्रसासनले रोकथामका लागि अनुरोध गरेको छ । 

राया स्वास्थ्य चौकीका संयोजक बिरसि‌ रावलका अनुुसार विद्यालयका अधिकांश बिद्यार्थीमा ठेउला भएको  बताउनुुभयोे । विरामी बिद्यार्थीहरुको अनुुहार, शरीर र पाखुुरामा ठेउला जस्तै फोका आएको र यसको रोकथामका लागि पहल थालिएकाउ उहाँले बताउनुुभयो । स्वास्थ्य चौकीले हाल ३० भन्दा बढी बिद्यार्थीहरुलाई सुुई लगाउन सुरु गरिएको जनाएको छ । 

विद्यालयका शिक्षक टेकबहादुुर बुढाले बिगत एक महिलादेखि बिद्यार्थीहरुमा यस्तो रोग देखिदै आएको बताउनुुभयो । यस्तो रोग देखिएका बिद्यार्थीहरुलाई विद्यालयमा आउन नदिएको र उनीहरु घरमै बस्ने लगाइएको बताउनुुभयो । एक जना छात्रामा देखिएको यो रोग विस्तारै ४० जना भन्दा धेरै विद्यार्थीमा देखा परेको विद्यालयले जनाएको छ । 

यो रोगमा बिरामीहरु एक हप्तासम्म थला पर्ने र त्यसपछि बिस्तारै निको हुने गरेका छन् । यसअघि उत्तरी नाँम्खा गाउँपालिकाको महाबौद्ध माविका ५७ जना बिद्यार्थीहरुमा पनि सो बिराम देखिएको थियो । रोगको लक्षण परीक्षणका लागि चिकित्सकको टोली विद्यालयमा पुुगेर काठमाडौंमा परीक्षणका लागि पठाईए पनि हालसम्म रिपोर्ट आई सकेको छैन् ।

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।