• १७ असोज २०८२, शुक्रबार

चिकित्सकको लाइसेन्स परीक्षामा ३९ प्रतिशत उत्तीर्ण

blog

सांकेतिक तस्बिर

काठमाडौँ, असोज १० गते। चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ३९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले प्रकाशित गरेको लाइसेन्स परीक्षामा सहभागी एक हजार ७७ मध्ये ४२१ अर्थात ३९.०९ प्रतिशत मात्रै उत्तीर्ण भए। काउन्सिलले गत बुधबार र बिहीबार ७३ औँ लाइसेन्स परीक्षा लिएको थियो।

काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवका अनुसार बीडीएसतर्फ सबैभन्दा कम १८.६२ प्रतिशत उत्तीर्ण भएका छन्।एमबीबीएस तर्फको लाइसेन्स परीक्षामा ८९४ जनाले परीक्षामा सहभागी मध्ये ३८६ जना अर्थात्  ४२.१९ प्रतिशत उतीर्ण भएका छन्।परीक्षा दिएका मध्ये ठूलो संख्या अर्थात् ५०८ जना अनुतीर्ण भएका छन्।एमबीबीएसमा कुल ९१५ जनाले फारम भरे पनि परीक्षाका बेला २१ जना अनुपस्थित थिए।

यस्तै बीडीएस तर्फ कुल १८३ जना सहभागी भएका मध्ये ३५ जना अर्थात १८.६२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।परीक्षामा सहभागी मध्ये १४८ जना १८.६२ प्रतिशत अनुर्तीण भएका छन्।धेरै अघिल्ला परीक्षामा अनुतीर्ण विद्यार्थी सहभागी भएकाले  उर्तीणको संख्या कम भएको रजिष्ट्रार डा. देवको भनाइ छ।