होमराज रानाभाट
कावासोती, असोज १० गते । पूर्वी नवलपरासीमा चाडपर्व नजिक आउँदा पनि बजार अनुगमनको अवस्था शून्य छ । चाड पर्बको मौका छोपी बजारमा अखाघ बस्तुहरु बिक्री हुुने म्याद गएका सामानहरु बिक्री वितरण हुनेसँगै कालोबजारी हुनसक्ने हुँदा समेत बजार अनुगमनमा भने सरोकारवाला निकाय मौन रहेको स्थानीबासीले आरोप लगाएका छन् ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले नगर र गाउँ पालिकाका उपप्रमुख र उपाध्यक्षहरुलाई चाडपर्व लक्षित बजार अनुगमन गर्नका लागि आग्रह गरेको बताउँदै उहाँहरुको मुख्य भूमिका हुने बताउनुभयो । जिल्ला प्रशासनको प्रतिनिधि समेत अनुगमनमा जुनसुकै समयमा पनि जान तयार रहेको बताउनुभयो ।
दसैँ सुरु भैसक्यो, चार नगरपालिकासहित आठ स्थानीय तह रहेको जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन हुन सकेको छैन । गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले चाडपर्व लक्षित बजार अनुगमन गर्ने गरी योजना बनाएको बताउनुभयो । जेनजी आन्दोलनका कारण पनि बनारमा मूल्य वृद्धि भएको व्यवसायीहरुको भनाइ छ ।
बजारमा अखाध्य वस्तु बिक्री गर्ने र कालोबवारी गर्ने छुट कसैलाई नभएको बताउँदै कानुन विपरीतका कार्यहरु गरेमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो । बुुलिगँटार गाउँपालिका उपाध्यक्ष दिलमायाँ रानामगरले जिल्ला प्रशासनले घरेलु तथा साना उद्योग कार्यालयको संयोजनमा बजार अनुगमन गर्ने गरी योजना बनाएको बताउनुभयो ।
जेनजी आन्दोलनको कारण पनि महँगी बढन थाले पछि स्थानीय बासीमा चिन्ता छाएको छ । जेनजी आन्दोलनले बजारमा २० प्रतिशतमाथि महँगी बढेको स्थानीयबासीको भनाइ छ ।
जेनजी आन्दोलनले बजारमा पाईने दैनिक उपभोग्य बस्तुुमा चर्को मूल्य वृद्धि हुन थालेपछि उद्योग बाणिज्य सँघले समेत स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको गैंडाकोट उद्योग बाणिज्य सँघका अध्यक्ष दिपक सापकोटाले बताउनुभयो । खाने तेलदेखि नुन, तरकारीदेखि साबुन लगायत हरेक बस्तुमा मनोमानी ढङ्गले मूल्य बढेपछि बाध्य भएर चर्को मूल्यमा सामान किनेर खान परेको गैंडाकोट नगरपालिका १५ अमरापुरीका किसान शिबकुमारी रानाभाटले बताउनुभयो ।
अहिले नजिकिएका चाडपर्ब लाई लक्षित गरेर र जेनजीका आन्दोलनका कारण जथाभाबी गरिएको मूल्य वृद्धिले धेरै स्थानीय पीडित बन्दै जान थालेपछि जिल्ला अनुगमन समितिले जिल्ला भरि रहेका पसलदेखि होटलसम्म तरकारी पसल देखि ब्यापारी सम्मका घरघरमा पुगेर कडाईका साथ छानबीन थाल्ने प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले बताउनुुभयो ।
जिल्लामा अहिले जेनजीका नाममा भएको आन्दोलनले स्थानीय स्तरमा महँगी बढाएको छ भने महँगीको कारण उनीहरुमा नैराश्यता छाएकाले यसलाई तत्काल रोक्न पनि नागरिक स्तरबाट आवाज उठेको कावासोती नगरपालिका १ का अमरसिहँ बिकले बताउनुभयो ।
स्थानीय प्रशासनले जिल्ला भरि महँगी घटाउन सुुचना जारी गरे पछि महँगी घटने अनुुमान गरिएको जिल्ला प्रशासनले जनाएको छ । जिल्लामा २० प्रतिशत माथि महँगी बढेसँगै नजिकिएको ठुला चाडपर्बमा अझै महँगी बढने भएकाले जिल्ला प्रशसनले यसलाई कडाईका साथ नियन्त्रण गर्न अघि बढ्नुपर्ने गैंडाकोट नगरपालिका ५ का नागरिक समाजका अगुवा नारायण प्रसाद गौडेलले बताउनुभयो ।