काठमाडाैं, असाेज १० गते । 'जय श्री हारती माँ' दाफा भजनको भिडियो सार्वजनिक भएको छ । घिङताङ दाफा समाजबाट निर्माण भएकाे याे दाफा भजन रञ्जना सिनेप्लेक्मा एक कार्यक्रम गरि सार्वजनिक गरिएकाे हाे ।
भजनका निर्माता शारदा डंगोलले श्रव्यदृश्य मार्फत नयाँ पुस्ताले पनि दाफाप्रति रुचि देखाउन भन्ने उद्देश्यले यो भिडियो निर्माण भएको बताउनुभयो । यसैगरी, निर्माण पक्षले यस भजनले नेवा संस्कृति तथा दाफालाई जीवन्त राख्न बनाइएको र यसरी दाफालाई प्रस्तुत गर्दा नयाँ पुस्ताको रुचि समेत बढ्ने भएकाले यसलाई दाफा प्रस्तुतिकरण भन्न सुझाव दिनुभयाे ।
यस्तै, मदनकृष्ण श्रेष्ठको निमित्त भूमिका रहेको यस दाफा प्रस्तुतिकरणमा प्रेमा शाक्य, सुजन बज्राचार्य तथा सुजिना शाहीको मुख्य भूमिका रहेको छ । श्री हारती माँको कथाको परिधिभित्र रहेर निर्माण भएको यो भिडियो निर्माण एकदम उच्चतम रहेको वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमीले बताउनुभयो ।
समीक्षकको भूमिकामा बोल्नुहुदैँ उहाँले नेपाल भाषाको मनोरन्जन क्षेत्रमा एउटा उत्कृष्ट कृति दर्ज भएको बताउनुहुँदै कम समय तथा सिमित साधन श्रोतमा बनेको जय श्री हारती माँ को प्राविधिक पक्ष एकदम बलियो रहेको उल्लेख गर्नुभयाे ।
दर्शनबीर शाक्यको निर्देशनमा बनेको यो प्रस्तुतिकरणका परिकल्पनाकार शारदा डंगोल र दिपेन्द्र मुनि बज्राचार्य हुनुहुन्छ भने प्रोडक्सन म्यानेजर उजय शाही हुनुहुन्छ । यसैगरी दाफा भजनकाे सम्पादन र छायाङ्कन मनोजरत्न शाहीले गर्नुभएको हाे ।