• १८ असोज २०८२, शनिबार

पोखरीमा डुबेर पुरुषको मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज १० गते ।
सप्तरीको बोदेबर्साइन नगरपालिकामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।नगरपालिका– ९ स्वर्णपट्टी टोल घर भएका ५० वर्षीय हंसलाल यादवको पोखरीमा डुबेर मुत्यु भएको हो । बिहीबार साँझ घरबाट निस्केको तर घर नफर्किंदा उहाँको खोजी भइरहेको थियो ।

खोजी गर्ने क्रममा शुक्रबार घर नजिकैको सार्वजनिक पोखरीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।