• १८ असोज २०८२, शनिबार

रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

blog

निराजन परियार 
चौमाला (कैलाली), असोज १० गते ।
धनगढीमा सडकमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा रोकिएको सुपप्र ०१००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर जोराले दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवरको मृत्यु भएको बताउनुभयो ।

उहाँले गम्भीर अवस्थामा उद्धार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएकोमा दुवै जनाको उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

ट्रक र चालक चुरे गाउँपालिका ३ बस्ने २९ वर्षीय प्रकाश सिंहलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।