विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज १० गते । घरायसी विवादका कारण श्रीमतीलाई कुटपिट गरी हत्याको प्रयास गरेको आरोप सप्तरी प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको रुपनी गाउँपालिका– २ स्थित पौवामा घरायसी विवादका कारण सबनम कुमारी खंगलाई कुटपिट गरी सलको पासो लगाएर हत्या प्रयास गरेको आरोपमा २६ वर्षीय श्रीमान सन्दीप कुमार खंग खत्वेलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।
सबनमलाई सलको पासो घाटीमा लगाई मार्न खोजेको अवस्थामा उहाँको जेठाजु प्रदिप खंगलेदेखि उद्धार गरी तत्कलै उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएको र उहाँको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँको घाँटीमा निलडाम परेको, बोल्न सक्ने अवस्था भए पनि स्वास्थ्य स्थिति मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुना साथ कुटपिट र हत्याको प्रयास गर्ने संदिपलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रुपनीमा राखिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।