• १८ असोज २०८२, शनिबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, असोज १० गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५७ पैसा र बिक्रीदर १४२ रुपियाँ १७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ २४ पैसा र बिक्रीदर १६६ रुपियाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपियाँ १७ पैसा र बिक्रीदर १९० रुपियाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ८७ पैसा र बिक्रीदर १७८ रुपियाँ ६३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ २५ पैसा र बिक्रीदर ९३ रुपियाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ८९ पैसा र बिक्रीदर १०२ रुपियाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८३ पैसा र बिक्रीदर ११० रुपियाँ २९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८७ पैसा र बिक्रीदर १९ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८४ पैसा र बिक्रीदर ३९ रुपियाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४० पैसा र बिक्रीदर चार रुपियाँ ४२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ६२ पैसा र बिक्रीदर ३३ रुपियाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०५ पैसा र बिक्रीदर १५ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ २७ पैसा र बिक्रीदर २२ रुपियाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २० पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपियाँ ५१ पैसा र बिक्रीदर ४६५ रुपियाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७७ रुपियाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ७० पैसा र बिक्रीदर ३६९ रुपियाँ २५  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस