• १८ असोज २०८२, शनिबार

तनहुँ र लमजुङमा मल अभावको समस्याको समाधान

blog

अमरराज नहर्की

तनहुँ, असोज ९ गते। रासायनिक मल आपूर्ति भएपछि तनहुँ र लमजुङका किसानले मल अभावको समस्या व्यहोर्नु नपर्ने भएको छ। विगतमा मलको अभावले गर्दा किसानले समयमै बाली लगाउन कठिनाइ खेप्नु परेको थियो। चालु आर्थिक वर्षमा माग अनुसारको मल आएकोले सहज भएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाका प्रबन्धक दिनेश शर्माका अनुसार यो वर्ष माग अनुसारको आपूर्ति भएको छ। विगतमा मागको ५० प्रतिशत मात्र आपूर्ति हुने गरेकोमा क्रमशः पूर्ति बढाउँदै गएकोले सहज हुँदै गएको उहाँको भनाइ छ।

गत आर्थि वर्ष २०८१/०८२ मा हाल ८५ प्रतिशतसम्म मल आपूर्ति हुन थालेपछि सहज भएको बताउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षका लागि भने मागअनुसार नै मल आपूर्ति भएको छ। हाल युरिया १०४ टन, डिएपी २६० टन, पोटास १४ टन र चुना १८ टन भित्रिएको छ।