• १८ असोज २०८२, शनिबार

चट्याङ लागेर एक महिलाको मृत्यु

blog

राजु लामिछाने
रुकुमपश्चिम, असोज ९ गते ।
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बुधबार बेलुका बाँफिकोट गाउँपालिका २ कल्लुजिते बस्ने ४५ वर्षीया तारादेवी पौडेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार बुधबार बेलुका घर नजिकैको गोठमा गाईवस्तु सार्ने क्रममा उहाँलाई चट्याङ लागेको थियो । गम्भीर घाइते अवस्थाकी पौडेललाई उपचारको अस्पताल लिजादै गर्दा मृत्यु भएको थियो ।

अस्पताल ल्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक पौडेलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लिइएको छ ।

यसैगरी, चट्याङले सानीभेरी गाउँपालिका ११ निवासी सानेलेख निवासी तुल्से खड्काको बोका मरेको छ । गोठमा परेको चट्याङले बोका मरेको हो ।