• १८ असोज २०८२, शनिबार

श्रीमतीको हत्याको आरोमा श्रीमान् पक्राउ

blog

सन्तोष दहित
दाङ, असोज ९ गते ।
घोराही उमनपा–३ की ५७ वर्षीया श्रीमती लिला पुनको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीले ५७ वर्षीय श्रीमान् सुकराम पुनलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी सुकरामले मङ्गलबार राति कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

हत्या गरी फरार भएका सुकरामलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान थालेको डिएसपी शाहले बताउनुभयो । शवको पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको प्रहरीले जनाएको छ ।