• १८ असोज २०८२, शनिबार

चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु

blog

रमेश विश्वकर्मा 
गुल्मी, असोज ९ गते ।
पश्चिम गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार वर्षीया रियासा विक हुनुहुन्छ ।  

रियासा बुबा नेरसिंह विक र आमा सुन्तली विकसँग घरमा सुतेको अवस्थामा अचानक चट्याङ परेको थियो । चट्याङ लागेर २३ वर्षीया नेरसिंहको छाती र पेटमा निल डाम, २२ वर्षीया सुन्तलीको पेट र दाँया खुट्टामा निल डाम भई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चार वर्षीया रियासाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घाइते दुवै जनाको स्थानिय मेडिकल मलागिरीमा सामान्य उपचार पश्चात् जिल्ला अस्पताल प्यूठानमा लगि थप उपचार भइरहेको छ ।