• १८ असोज २०८२, शनिबार

कांग्रेस मधेश संसदीय दलको बैठक आज बस्दै

blog

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको पार्टी कार्यालय । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 
जनकपुरधाम, असोज ८ गते ।
नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको बैठक बुधबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बस्दैछ । प्रदेशको वर्तमान राजनीतिक परिस्थिति र सरकारको नेतृत्व सङ्कटबिच बस्न लागेको यस बैठकलाई निकै महत्त्वपूर्ण रुपमा हेरिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गत २४ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको राजीनामापछि प्रदेश राजनीति थप जटिल बनेको छ । सो राजीनामापछि सरकार गठन वा वैकल्पिक नेतृत्वबारे विभिन्न राजनीतिक अड्कलबाजी भइरहेका बेला कांग्रेसको बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेस मधेश प्रदेशका नेताहरूले प्रदेशमा स्थिर सरकार गठन, राजनीतिक विवाद समाधान र आगामी रणनीतिबारे छलफल गर्ने तयारी गरेका छन् ।

यसबिच, जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको पार्टी कार्यालय अझै क्षतिग्रस्त अवस्थामा छ, जसले प्रदेशको अस्थिर राजनीतिक परिस्थिति झल्काइरहेको छ ।