सञ्जय कुमार मिश्र
गौर, असोज ४ गते । रौतहटको राजदेवी नगरपालिका ९ ब्रह्म्पुरीस्थित श्री माध्यमिक विद्यालयमा सञ्चालित निःशुल्क आ“खा शिविरमा दुईसय ५३ जना बिरामीको आ“खाको उपचार गरिएको छ ।
सेवा फाउण्डेशनको सहयोगमा नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोग निःशुल्क आँखा शिविरमा आँखाको बिरामीहरुको आँखा परीक्षण, औषधी र चश्मा वितरण गरिएको हो ।
निःशुल्क शिविरमा दुईसय ५३ जना बिरामीको आँखाको परीक्षण गरिएको छ । सोमध्ये एकसय ३० महिला तथा एकसय २३ जना पुरुष बिरामीको आ“खाको उपचार गरिएको गौर आँखा अस्पताल पुरेनवाका प्रशासन प्रमुख नागेश्वर चौधरीले बताउनुभयो ।
आँखा उपचारमध्ये एकसय १३ जनालाई चश्मा वितरण, एकसय ३ जनालाई औषधी निःशुल्क रुपमा वितरण गरिएको छ । ६२ जनाको आँखामा मोतियाविन्दु रोग देखिएकाले उनीहरुको निःशुल्क रुपमा शल्यक्रिया गरिने गौर आँखा अस्पताल पुरेनवामा गरिने प्रशासन प्रमुख चौधरीले जानकारी दिनुभयो ।
गौर आँखा अस्पताल पुरेनवाले विभिन्न संघ संस्थाको सहयोगमा जिल्लाको पालिकाहरुको वडाहरुमा समय समयमा निःशुल्क आँखा शिविर सञ्चालन गरी, गरिब, विपन्न एवं न्युन आय भएका व्यक्तिहरुलाई सहज रुपमा सेवा प्रदान गर्दै आइरहेको गौर आँखा अस्पताल पुरेनवाका अध्यक्ष विजय सिंहले बताउनुभयो ।