• ११ असोज २०८२, शनिबार

ऐतिहासिक घटनाक्रममा गोरखापत्र

blog

  • १९५८ वैशाख २४ : राणा प्रधानमन्त्री श्री ३ देवशमशेरको आदेश अनुसार गोरखापत्रको प्रकाशन सुरु ।
  • १९६४ भदौ ४ : नेपालका प्रथम वैज्ञानिक गेहेन्द्रशमशेरको विष खुवाएर हत्या । 
  • १९६८ : श्री ५ पृथ्वीवीरविक्रम शाहको निधन, युवराज त्रिभुवनको राज्यारोहण । 
  • १९६८ : नेपालमा जनगणना गर्न सुरु, प्रथम जनगणना अनुसार नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार ७४९ थियो । 
  • १९७१ : प्रथम विश्वयुद्धमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले अङ्ग्रेजलाई सैन्य सहयोगका साथै १० लाख पाउन्ड बराबरको आर्थिक सहयोग प्रदान । 
  • १९७५ : राजधानीमा त्रिचन्द्र कलेजको स्थापना, राणा प्रधानमन्त्री चन्द्रशमशेरद्वारा कलेज उद्घाटन । 
  • १९७७ : राणा प्रधानमन्त्री चन्द्रशमशेरद्वारा नेपाली समाजमा चल्दै आएको सतीप्रथा अन्त्य भएको घोषणा । 
  • १९७७ साउन ११ : ‘मकैको खेती’ नामक पुस्तक लेखी राणा शासनको विरोध गरेबापत सुब्बा कृष्णलाल अधिकारीलाई पक्राउ गरी नौ वर्ष जेल सजाय । 
  • १९८० : नेपाल र अङ्ग्रेजबिच सन्धि, अङ्ग्रेज सरकारद्वारा नेपालको सार्वभौमिकता र स्वतन्त्र अस्तित्वलाई मान्यता । 
  • १९८२ वैशाख १ : राणा प्रधानमन्त्री चन्द्रशमशेरद्वारा नेपालबाट दासप्रथा अन्त्य भएको घोषणा ।
  • १९८४ वैशाख १३ : गोरखापत्रमा पहिलो पटक तस्बिर छाप्न सुरु । 
  • १९८७ : महाकवि लक्ष्मीप्रसाद देवकोटा, तुलसीमेहरलगायत दर्जनौँ युवाद्वारा काठमाडौँमा पुस्तकालय खोल्न राणा प्रधानमन्त्री भीमशमशेरसमक्ष निवेदन, सरकारको विरोध गर्न पुस्तकालय खोल्न लागेको भन्दै पक्राउ गरी एक-एक सय रुपियाँ जरिबाना ।
  • १९८८ : खड्गमानसिंह बस्नेतलगायतका व्यक्तिले ‘प्रचण्ड गोरखा’ नामको संस्था स्थापना गरी राणाहरूलाई एकै ठाउँमा भेला भएका बेला बम प्रहार गरी समाप्त पार्ने योजना पर्दाफास, यसमा संलग्न सबैलाई पक्राउ गरी सर्वस्वसहित आजीवन जेल सजाय । 
  • १९९० : राणा प्रधानमन्त्री वीरशमशेरले ५० लाख रुपियाँ खर्च गरी बनाएको सेतो दरबारमा आगलागी । 
  • १९९० माघ २ : नेपालमा गएको ८.४ रेक्टर स्केलको महाभूकम्प, १६ हजार ८७५ जनाको मृत्यु, तीन हजारभन्दा बढी घाइते, साढे तीन लाख घर क्षतिग्रस्त । 
  • १९९० : नेपालमा सर्वप्रथम एसएलसी परीक्षा बोर्डको स्थापना गरी देशभित्रैबाट एसएलसी परीक्षा लिने व्यवस्था । 
  • १९९३ जेठ २० : राणा शासनको अन्त्य गर्न टङ्कप्रसाद आचार्यको नेतृत्वमा ‘प्रजा परिषद्’ नामको राजनीतिक दल गठन । 
  • १९९६ : राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा दोस्रो विश्वयुद्धमा बेलायत सरकारको अनुरोधमा नेपालका तर्फबाट सैनिक, आर्थिक र अन्य सहयोग उपलब्ध ।
  • १९९७ कात्तिक २ : राणा शासनविरुद्ध जनमत सिर्जना गरेको भन्दै राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा महावीर स्कुलका सञ्चालकलगायत २८ जना शिक्षक पव्रmाउ गरी कारबाही । 
  • १९९७ साल माघ : राणा शासनको विरोध गरेको अभियोगमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड ।  
  • २००२ असोज १ : राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा नेपालमा कागजी नोटको प्रचलन सुरु ।
  • २००३ माघ १२–१३ : भारतको कोलकातामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना, काठमाडौँको जेलमा रहनुभएका टङ्कप्रसाद आचार्य सभापति चयन ।
  • २००३ फागुन २१ : बिपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा मजदुर हडताल सुरु । 
  • २००४  वैशाख १ : राणा शासनविरुद्ध नेपाली राष्ट्रिय कांग्रेसको आह्वानमा देशव्यापी सत्याग्रह प्रारम्भ । 
  • २००४ जेठ ३ : राणा शासनविरुद्ध असन्तोष बढ्दै गएपछि राणा प्रधानमन्त्री पद्मशमशेरद्वारा राजनीतिक सुधार गरिने घोषणा । 
  • २००४ जेठ २४ : पुरुषहरूको मात्र बालिक मताधिकारका आधारमा काठमाडाँै नगरपालिकाको पहिलो चुनाव सम्पन्न ।
  • २००४ असार १ : काठमाडौँको संस्कृत छात्रावासका विद्यार्थीद्वारा जयुत संस्कृतम् आन्दोलन सुरु । 
  • २००४ माघ १३ : राणा प्रधानमन्त्री पद्मशमशेरद्वारा नेपालमा पहिलो लिखित संविधान ‘वैधानिक कानुन २००४’ जारी । 
  • २००५ साउन १ : प्रधानमन्त्रीको रोलक्रमबाट हटाइएका ‘सी’ वर्गका राणाहरू सुवर्णशमशेर, महावीरशमशेर आदिको सव्रिmयतामा भारतको कोलकातामा ‘नेपाल प्रजातन्त्र कांग्रेस’ को स्थापना ।
  • २००६ वैशाख :  जेलमा नारकीय यातना दिएको विरोधमा बिपी कोइरालाद्वारा २९ दिनसम्म आमरण अनसन, २९ औँ दिनमा जेलमुक्त । 
  • २००६ वैशाख ९ : पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कोलकातामा ‘नेपाल कम्युनिस्ट पार्टी’ को स्थापना ।    
  • २००६ असोज ७ : राणा प्रधानमन्त्री मोहनशमशेरद्वारा आन्दोलन रोक्न र आफू सुधारवादी भएको देखाउन संसद्को संयुक्त बैठक उद्घाटन । 
  • २००६ चैत २७ : ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’ बिच एकीकरण भई ‘नेपाली कांग्रेस’ को स्थापना । 
  • २००७ साउन : विवादास्पद नेपाल र भारतबिच मैत्री सन्धि सम्पन्न, सन्धिमा नेपालका तर्फबाट राणा प्रधानमन्त्री मोहनशमशेरद्वारा हस्ताक्षर ।
  • २००७ कात्तिक २१ : श्री ५ त्रिभुवनद्वारा राजदरबार त्याग गरी भारतीय दूतावासमा शरण । 
  • २००७ कात्तिक २२ : राणा प्रधानमन्त्री मोहनशमशेरद्वारा भारदारी सभा बोलाई माहिला अधिराजकुमार श्री ५ ज्ञानेन्द्रलाई राजगद्दीमा राख्ने निर्णय । 
  • २००७ कात्तिक २६ : श्री ५ त्रिभुवन सपरिवारसहित भारतको राजधानी नयाँ दिल्ली प्रस्थान । सोही दिनदेखि नेपाली कांग्रेसद्वारा देशव्यापी रूपमा राणा शासनविरुद्ध सशस्त्र आन्दोलन सुरु ।
  • २००७ मङ्सिर २८ : तारिणीप्रसाद कोइरालाको अग्रसरतामा विराटनगरमा नेपाल प्रजातन्त्र रेडियो स्टेसन स्थापना । 
  • २००७ माघ २९ : भारत सरकारको मध्यस्थतामा नयाँ दिल्लीमा राणा पक्ष, नेपाली कांग्रेस पक्ष र श्री ५ त्रिभुवनबिच त्रिपक्षीय सम्झौता  । 
  • २००७ फागुन ७ : त्रिपक्षीय सम्झौता अनुसार श्री ५ त्रिभुवनको शाही घोषणाबाट राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना, अन्तरिम शासन विधानको घोषणा । 
  • २००७ चैत २० : सिंहदरबारमा रेडियो नेपालको स्थापना, समाचार प्रसारण सुरु ।
  • २००८ मङ्सिर १ : नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसको एकमना सरकार गठन । 
  • २००८ माघ ८–१० : डा. केआई सिंहको नेतृत्वमा असन्तुष्ट रक्षा दलका जवानहरूद्वारा सिंहदरबार कब्जा, सेनाले सिंहदरबार मुक्त गरेपछि सिंह भागेर तिब्बततर्फ । 
  • २००८ माघ १० : डा. केआई सिंहको विद्रोहलाई समर्थन गरेको भन्दै सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध ।
  • २००८ माघ २१ :  नेपालमा पहिलो पटक बजेट प्रणालीको थालनी । 
  • २०१० जेठ १६ : नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीद्वारा सर्वप्रथम विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण ।
  • २०१२ वैशाख १२ : नेपाल र भारतबिच कोशी सम्झौतामा हस्ताक्षर । 
  • २०१२ मङ्सिर २९ : नेपाललाई संयुक्त राष्ट्रसङ्घद्वारा सदस्यता प्रदान । 
  • २०१३ : नेपालमा योजनाबद्ध आर्थिक विकासको थालनी । 
  • २०१५ फागुन ७ ; नेपालमा पहिलो संसदीय आमनिर्वाचन सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न, नेपाली कांग्रेसलाई दुई तिहाई बहुमत । 
  • २०१६ जेठ १३ : बिपी कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित नेपाली कांग्रेसको एकमना सरकार गठन । 
  • २०१६ असार १६ : नेपाल अधिराज्यको संविधान २०१५ लागु  ।
  • २०१६ असार  ३० : नेपालमा पहिलो विश्वविद्यालयका रूपमा त्रिभुवन विश्वविद्यालय स्थापना । 
  • २०१६ मङ्सिर १८ : नेपाल र भारतबिच गण्डक सम्झौतामा हस्ताक्षर ।  
  • २०१६ पुस १९ : सरकारद्वारा देशभरका सबै किसिमका बिर्ता उन्मूलन गरिएको घोषणा । 
  • २०१७ पुस १ : राजा महेन्द्रद्वारा जननिर्वाचित सरकार र संसद् विघटन, प्रधानमन्त्री बिपी कोइरालालगायतका नेता पव्रmाउ । 
  • २०१७ पुस २२ : राजा महेन्द्रद्वारा दलमाथि प्रतिबन्ध लगाई  दलविहीन पञ्चायती व्यवस्था लागु ।
  • २०१७ माघ ८ : जनकपुरमा राजा महेन्द्र सवार मोटरमा हातेबम प्रहार, दुर्गानन्द झालगायत नौ जना पव्रmाउ । 
  • २०१८ वैशाख १ : राजा महेन्द्रद्वारा पूर्वपश्चिम महेन्द्र राजमार्गको शिलान्यास, नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन । 
  • २०१९ पुस १ ; राजा महेन्द्रद्वारा नेपालको संविधान २०१९ को घोषणा । 
  • २०२० भदौ १ : नयाँ मुलुकी ऐन २०२० लागु ।
  • २०२१ वैशाख २ : सरकारी कामकाजमा नेपाली भाषाको प्रयोग गर्ने सरकारको निर्णय । 
  • २०२१ पुस १ : नेपालमा भूमिसुधार ऐन लागु भएको घोषणा । 
  • २०२२ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको जन्म । 
  • २०२४ ; गाउँफर्क राष्ट्रिय अभियानको सुरुवात । 
  • २०२५ कात्तिक १४ : शाही कदमसँगै सुन्दरी जेलमा कैद गरिनुभएका बिपी कोइराला जेलमुक्त ।
  • २०२७ : नेपाल विद्यार्थी सङ्घको जन्म । 
  • २०२८ : नेपालमा नयाँ शिक्षा योजना लागु । 
  • २०२८ माघ १७ : राजा महेन्द्रको निधन, राजा वीरेन्द्रको राज्यारोहण । 
  • २०२८ जेठ २ : वर्ग शत्रु खतम आन्दोलनका नाममा नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला कमिटीको निर्णय अनुसार झापामा सशस्त्र विद्रोह सुरु । 
  • २०३० जेठ २८ : नेपाली कांग्रेका कार्यकर्ता दुर्गा सुवेदी, वसन्त भट्टराईलगायतले विराटनगर–काठमाडौँ उडानमा रहेको शानेवानिको विमान अपहरण । 
  • २०३० असार २५ : प्रधानमन्त्री कीर्तिनिधि विष्टको पालामा सिंहरदरबारमा भीषण आगलागीबाट व्यापक क्षति । 
  • २०३१ पुस १ : सोलुखुम्बुको टिमुरबोट जङ्गलमा यज्ञबहादुर थापा नेतृत्वको मुक्तिसेना र सैनिकबिच भिडन्त, दुई दर्जनभन्दा बढी मुक्तिसेनाका जवानको मृत्यु । 
  • २०३१ फागुन ११–१२ : राजा वीरेन्द्रको राज्याभिषेक, नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न प्रस्ताव । 
  • २०३३ पुस  १६ : भारत निर्वासनमा रहनुभएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतका कांग्रेस नेताहरू राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पव्रmाउ । 
  • २०३४ वैशाख १ : नेपाल बिफरमुक्त भएको घोषणा । 
  • २०३५ साउन ७ : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको निधन । 
  • २०३६ वैशाख १ : पञ्चायती व्यवस्थाको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनद्वारा देशव्यापी आन्दोलन सुरु । 
  • २०३६ जेठ १० : राजा वीरेन्द्रद्वारा पञ्चायती व्यवस्था वा बहुदलीय व्यवस्था कुन लागु गर्ने भनी जनमत सङ्ग्रह गराउने घोषणा ।
  • २०३७ वैशाख २० : नेपालभर जनमत सङ्ग्रहका लागि मतदान, पञ्चायती व्यवस्था कायम गर्ने पक्षमा जनमतको परिणाम । 
  • २०३९ साउन ६ : नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको निधन । 
  • २०४२ जेठ १० : पञ्चायती व्यवस्थाको विरोधमा नेपाली कांग्रेसद्वारा देशव्यापी रूपमा सत्याग्रह सुरु । 
  • २०४२ असार ६ : जनवादी मोर्चाका नेता रामराजाप्रसाद सिंहको आदेशमा नारायणहिटी राजदरबार आसपासलगायत राजधानीका विभिन्न ठाउँमा बम विस्फोट । 
  • २०४३ : दाङको बेलझुन्डीमा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना । 
  • २०४४ फागुन २९ : दशरथ रङ्गशालामा फुटबल खेल भइरहेका बेला अचानक आँधीबेहरी, भागदौडमा ७० भन्दा बढीको मृत्यु ।
  • २०४५ : नेपाल र भारतबिचको व्यापार तथा पारवहन सन्धिको विवादलाई लिएर भारतद्वारा १५ महिना नाकाबन्दी ।
  • २०४५ भदौ ५ : उदयपुर केन्द्रविन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्प, ७२१ जनाको मृत्यु, ६५ हजार घर क्षतिग्रस्त ।  
  • २०४६ फागुन ७ : पञ्चायती व्यवस्थाको विरोधमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको आह्वानमा देशव्यापी जनआन्दोलन सुरु । 
  • २०४६ चैत २६ : जनआन्दोलन सफल, पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था स्थापना । 
  • २०४७ वैशाख ६ :  नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम मन्त्रीपरिषद् गठन । 
  • २०४७ कात्तिक २३ : नेपाल अधिराज्यको संविधान, २०४७ जारी । 
  • २०४७ पुस २२ : नेकपा (माले) र नेकपा (माक्र्सवादी) बिच एकीकरण भई नेकपा (एमाले) गठन ।
  • २०४८ वैशाख २९ : नेपालमा संसदीय आमनिर्वाचन सम्पन्न, नेपाली कांग्रेसलाई बहुमत । 
  • २०४८ जेठ १२ : नेपाली कांग्रेस संसदीय दलका नेता गिरिजाप्रसाद कोेइराला प्रधानमन्त्री नियुक्त ।  
  • २०५० वैशाख १० : नेपाली महिला पासाङ ल्हामु शेर्पाद्वारा पहिलो पटक सगरमाथाको सफल आरोहण, फर्कने व्रmममा हिउँले पुरिएर निधन । 
  • २०५० जेठ ३ : नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा निधन । 
  • २०५१ असार २६ : नेपाली कांग्रेसका ३६ जना सांसद अनुपस्थित भई सरकारको नीति तथा कार्यव्रmम पारित नभएपछि कांग्रेसको एकमना सरकार विघटन, मध्यावधि चुनावको घोषणा । 
  • २०५१ कात्तिक २९ : मध्यावधि चुनाव सम्पन्न, दलहरू बहुमत जुटाउन विफल, ठुलो दलको हैसियतले २०५१ मङ्सिर १३ गते नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन । 
  • २०५२ भदौ २५ : नेकपा (एमाले) को अल्पमतको सरकारविरुद्ध नेपाली कांग्रेसले ल्याएको अविश्वासको प्रस्ताव पारित भएपछि एमाले सरकार विघटन । 
  • २०५२ भदौ २७ : नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त । 
  • २०५२ फागुन १ : नेकपा (माओवादी) द्वारा जनयुद्धका नाममा सशस्त्र विद्रोह सुरु । 
  • २०५३ असोज ४ : नेपाल र भारतबिच भएको बहुचर्चित महाकाली सन्धि संसद्द्वारा अनुमोदन ।
  • २०५३ फागुन २९ : दलीय गठबन्धनमा  राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री नियुक्त । 
  • २०५४ असोज २ : २०४६ सालको जनआन्दोलनका कमान्डर नेपाली कांग्रेसका नेता गणेशमान सिंहको निधन । 
  • २०५४ असोज २१ : दलीय गठबन्धनमा राप्रपाका नेता सूर्यबहादुर थापा प्रधानमन्त्री नियुक्त । 
  • २०५४ चैत ३० : नेकपा एमालेको संसदीय दल विभाजित, वामदेव गौतमद्वारा नेकपा (माले) गठन ।
  • २०५५ वैशाख २ : नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त ।  
  • २०५६ वैशाख १३ : नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको निधन ।
  • २०५६ वैशाख २० र जेठ ३ : दुई चरणमा गरी सम्पन्न संसद्को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत, जेठ १३ मा सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त ।
  • २०५६ पुस ९ : काठमाडौँबाट नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण गरी अफगानिस्तान पु¥याइयो ।
  • २०५६ चैत ७ : सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हटाई नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त । 
  • २०५८ जेठ १९ : राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश विनाश । 
  • २०५८ जेठ २२ : राजा वीरेन्द्रको वंश विनाश भएपछि अधिराजकुमार ज्ञानेन्द्र नयाँ राजा घोषणा ।
  • २०५८ साउन ११ : नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त । 
  • २०५९ असोज ६ : नेपाली कांग्रेस विभाजित, शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन । 
  • २०५९ असोज २५ :  राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द्र प्रधानमन्त्री नियुक्त । 
  • २०६० जेठ २२ : राष्ट्रिय जनशक्ति पार्टीका नेता सूर्यबहादुर थापा प्रधानमन्त्री नियुक्त । 
  • २०६० भदौ १५ : इराकमा १२ जना नेपालीको निर्मम हत्या ।
  • २०६१ जेठ २१ : नेपाली कांग्रेस प्रजातान्त्रिकका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त ।   
  • २०६१ माघ १९ : राजा ज्ञानेन्द्रद्वारा दलहरू मुलुक चलाउन असफल भएको भन्दै देउवा नेतृत्वको प्रजातान्त्रिक सरकार अपदस्थ गरी शासनभार हातमा लिएको घोषणा । 
  • २०६२  चैत २४ : सात राजनीतिक दल र विद्रोही माओवादी मिलेर राजा ज्ञानेन्द्रको कदमविरुद्ध दोस्रो जनआन्दोलन सुरु ।   
  • २०६३ वैशाख ११ : दलहरूको रोडम्याप अनुसार चल्ने भन्दै राजा ज्ञानेन्द्रबाट राष्ट्रका नाममा सम्बोधन गरेसँगै १९ दिने आन्दोलन सफल ।  
  • २०६३ वैशाख १२ : सात दलको सहमतिमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त । 
  • २०६३ वैशाख १५ : विघटित प्रतिनिधि सभा पुनस्र्थापित, संविधान सभाबाट नयाँ संविधान बनाउने सङ्कल्प प्रस्ताव पारित ।  
  • २०६३ जेठ ४ : राजसंस्थाका अधिकारहरू कटौती गरिएको प्रतिनिधि सभाबाट ऐतिहासिक घोषणा । 
  • २०६३ असार २ : नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारमा सार्वजनिक, सात दल र माओवादीबिच आठबुँदे सहमति ।  
  • २०६३ कात्तिक २२ : मुलुकमा जारी एक दशक लामो माओवादीको सशस्त्र विद्रोह अन्त्य भएको घोषणा, सशस्त्र विद्रोहमा १७ हजारभन्दा बढी नेपालीको मृत्यु ।  
  • २०६३ मङ्सिर ५ : सरकार र नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौता सम्पन्न । 
  • २०६३ माघ १ : नेपालको अन्तरिम संविधान, २०६३ जारी ।
  • २०६४ चैत २८ : संविधान सभाको पहिलो निर्वाचन सफलतापूर्वक सम्पन्न । 
  • २०६५ वैशाख २६ : संविधान सभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, नेकपा (माओवादी) ठुलो पार्टी बन्न सफल । 
  •  २०६५ जेठ १५ : संविधान सभाको पहिलो बैठकबाट २४० वर्षको राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको घोषणा । 
  • २०६५ साउन ६ : सङ्घीय गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित । 
  • २०६५ साउन ३१ : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त । 
  • २०६६ वैशाख २१ : प्रधान सेनापति रुक्माङ्गद कटवाल प्रकरणलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा राजीनामा । 
  • २०६६ जेठ ११ : २२ दलको समर्थनमा नेकपा (एमाले) का नेता माधवकुमार नेपाल प्रधानमन्त्री नियुक्त । 
  • २०६६ माघ २८ : माओवादीका अयोग्य लडाकु शिविरबाट बाहिरिए ।
  • २०६६ चैत ७ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन । 
  • २०६७ जेठ १४ : संविधान सभाको म्याद एक वर्षका लागि थप । 
  • २०६७ मङ्सिर ३ : माओवादी सभासद्हरूद्वारा अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि हातपात गर्दै बजेटको ब्रिफकेस च्यातचुत । 
  • २०६७ माघ ८ : माओवादी लडाकु सरकारद्वारा गठित विशेष समितिको मातहतमा ।
  • २०६७ माघ २० : नेकपा (एमाले) का नेता झलनाथ खनाल प्रधानमन्त्री नियुक्त । 
  • २०६७ फागुन २० : नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन । 
  • २०६८ भदौ ११ : नेकपा (माओवादी) उपाध्यक्ष डा. बाबुराम भट्टराई व्यवस्थापिका संसद्बाट प्रधानमन्त्री निर्वाचित । भदौ १२ गतेबाट कार्यकार प्रारम्भ ।
  • २०६९ जेठ १४ : संविधान बनाउन नसकी संविधान सभा विघटन, प्रधानमन्त्री डा. भट्टराईद्वारा आगामी मङ्सिर ७ गते संविधान सभाको नयाँ चुनाव घोषणा, विपक्षी कांग्रेस, एमालेलगायत दलको विरोध ।
  • २०६९ चैत १ : राष्ट्रपति डा. रामवरण यादवद्वारा प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रीपरिषद्को अध्यक्ष नियुक्त ।
  • २०६९ असार : एकीकृत नेकपा माओवादी विभाजित, मोहन वैद्यद्वारा नेकपा क्रान्तिकारी माओवादी गठन । 
  • २०७० मङ्सिर ४ : दोस्रो संविधान सभाको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न, मतपरिणाम अनुसार कांग्रेस पहिलो, एमाले दोस्रो र एमाओवादी तेस्रो स्थानमा ।
  • २०७० माघ ८ : दोस्रो संविधान सभाको पहिलो बैठक सुरु, तीन वटा कार्यसूचीमा छलफल गरी बैठक सम्पन्न ।
  • २०७० माघ २६ : व्यवस्थापिका संसद्बाट नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित । 
  • २०७२ वैशाख २ : राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन । 
  • २०७२ वैशाख १२ : गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भएर गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प, करिब नौ हजार मानिसको मृत्यु, २३ हजार घाइते, आठ लाख घर क्षतिग्रस्त । २०७२ वैशाख २९ गते अर्को सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प । 
  • २०७२ असोज ३ : दोस्रो संविधान सभाबाट नयाँ संविधान जारी, राष्ट्रपति रामवरण यादवबाट नयाँ संविधान प्रारम्भ भएको घोषणा, संविधान सभाबाट जनताको संविधान बनाउने सात दशकदेखिको सपना पूरा । 
  • २०७२ भदौ ३० गते संविधान सभाबाट संविधान पारितका क्रममा तत्काल कायम रहेका ५९८ सदस्यमध्ये ५०७ जनाले पक्षमा र २५ ले विपक्षमा मतदान गरेका थिए । २०७२ असोज २ गते भएका हस्ताक्षरमा ५३७ जना सहभागी छन् । संविधान निर्माण प्रव्रिmयामा फरक तथा संशोधनमा सहभागी भएर पनि ५७ जना सदस्यले संविधान पारितको अन्तिम प्रव्रिmया बहिष्कार गरेका थिए । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणित गर्नुभएको संविधान २०७२ असोज ३ गते गणतन्त्रका प्रथम राष्ट्रपति डा. रामवरण यादवले अनावरण गर्नुभएको हो । 
  • २०७२ असोज २४ : नयाँ संविधान अनुसार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ३८ औँ प्रधानमन्त्री निर्वाचित । 
  • २०७२ असोज २९ : व्यवस्थापिका संसद्को सभामुखमा एमाओवादी नेतृ ओनसरी घर्तीमगर निर्विरोध निर्वाचित । 
  • २०७२ कात्तिक ११ : सङ्घीयतापछिको नेपालमा पहिलो महिला राष्ट्रपति नेकपा (एमाले) का उपाध्यक्ष विद्या भण्डारी निर्वाचित ।
  • २०७२ असोज ५ गते : नयाँ संविधानप्रति असहमत भारतद्वारा नेपालमाथि पाँच महिनासम्म अघोषित नाकाबन्दी, जनजीवन नराम्ररी प्रभावित । 
  • २०७२ माघ २६ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन ।
  • २०७२ फागुन १७ : मन्त्रीपरिषद्को बैठकद्वारा गोरखापत्र प्रकाशनको प्रारम्भ वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय ।
  • २०७३ वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास । 
  • २०७३ वैशाख १ : सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश बन्न सफल । २०७४ वैशाख १७ गते कार्कीविरुद्ध माओवादी र कांग्रेसका २४९ सांसदद्वारा महाभियोग प्रस्ताव दर्ता । सर्वोच्च अदालतको आदेशले प्रव्रिmया निष्व्रिmय । २०७४ जेठ १५ गते दलीय सहमतिमा फिर्ताको निर्णय । 
  • २०७३ साउन १९ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यवस्थापिका संसद्मा ३६३ मत ल्याई ३९ औँ प्रधानमन्त्री निर्वाचित । 
  • २०७३ कात्तिक ३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता ।
  • २०७३ पुस २४ : सर्वोच्च अदालतद्वारा अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यता नपुगेको ठहर गर्दै नियुक्ति बदर गरेपछि स्वतः पदमुक्त ।
  • २०७३ चैत २९ : भवानी राणा नेपाल उद्योग वाणिज्य महासङ्घमा पहिलो महिला अध्यक्ष बन्न सफल । 
  • २०७४ वैशाख १ : ध्वनि प्रदूषण नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा सवारीसाधनले हर्न बजाउन प्रतिबन्ध ।
  • २०७४ वैशाख ४–८ : राष्ट्रपति विद्यादेवी भण्डारीबाट पहिलो विदेश भ्रमणका रूपमा भारतको राजकीय भ्रमण सम्पन्न, दुई देशबिचको सम्बन्धमा थप सुदृढ ।
  • २०७४ वैशाख ३१ : २० वर्षपछि स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न, ७३ प्रतिशत मतदान । 
  • २०७४ जेठ ९ : नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा राजीनामा । 
  • २०७४ मा दुई दशकपछि स्थानीय तहको निर्वाचन भएको थियो । २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन भएको थियो । दोस्रो चरणमा २०७४ असार १४ गते ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन भएको थियो । तेस्रो चरणमा २०७४ असोज २ गते मधेश प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन भएको थियो ।
  • २०७४ फागुन ३ : नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा ओली ४१ औँ प्रधानमन्त्री निर्वाचित ।
  • २०७५ वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मुगुको रारा तालबाट देशवासीका नाममा सम्बोधन, आर्थिक समृद्धिका लागि आह्वान । 
  • २०७५ जेठ ३ : नेपालका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन ।
  • २०७५ भदौ १ गते : मुलुकी संहिता जारी । विसं १९१० मा जारी भई २०२० मा परिमार्जनसहित लागु भएको मुलुकी ऐन खारेज गरी संहिताकृत कानुन जारी भएका हुन् । मुलुकी अपराधसंहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन 
  • कार्यान्वयनमा छन् ।   
  • २०७६ असोज २५–२६ : चीनका राष्ट्रपति सी चिनफिङद्वारा नेपालको राजकीय भ्रमण ।
  • २०७७ पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाट असहयोग भएको भन्दै प्रतिनिधि सभा विघटन गरी आगामी वैशाखमा चुनावको घोषणा । 
  • २०७७ फागुन ११ : सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै प्रतिनिधि सभा पुनस्र्थापना ।
  • २०७८ वैशाख ३० : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(३) अनुसार पुनः प्रधानमन्त्री नियुक्त । 
  • २०७८ जेठ ७ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन । सर्वोच्च अदालतको आदेशबाट २०७८ असार २८ गते पुनस्र्थापित । 
  • २०७८ असार २९ : सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त । 
  • २०७८ भदौ ९ : नेकपा (एमाले) विभाजित, नेता माधवकुमार नेपालद्वारा नेकपा (एकीकृत समाजवादी) गठन । 
  • २०७९ वैशाख ३० : सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो दल बन्न सफल ।
  • २०७९ जेठ २ : प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा ३२ अर्ब रुपियाँ लागतमा निर्मित नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन । 
  • २०७९ असोज ३० : वाङ्मय शताब्दीपुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन । 
  • २०७९ मङ्सिर ४ : संविधान जारी भएपछिको दोस्रो संसदीय आमनिर्वाचन (प्रतिनिधि सभा र प्रदेश सभा) शान्तिपूर्ण सम्पन्न । कांग्रेस ८९, एमाले ७९, माओवादी केन्द्र ३२ सिटमा विजयी । 
  • २०७९ पुस १० : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तेस्रो पटक ४४ औँ प्रधानमन्त्री नियुक्त ।
  • २०७९ माघ १ : पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाको मृत्यु ।
  • २०७९ फागुन २५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौैडेल नेकपा (एमाले) का नेता सुवास नेम्वाङलाई पराजित गरी राष्ट्रपति निर्वाचित ।
  • २०७९ चैत १० : राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक, नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो ।
  • २०८० जेठ १७–२० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा भारतको चार दिवसीय भ्रमण । सात वटा सम्झौतामा हस्ताक्षर ।
  • २०८० असार १ : नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीसहित १६ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान ।
  • २०८१ वैशाख ११–१२ : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीद्वारा नेपालको भ्रमण, दुई सम्झौता र छ समझदारीपत्रमा हस्ताक्षर । 
  • २०८१ जेठ २९–असार ५ : राष्ट्रपति रामचन्द्र पौडेलद्वारा स्विट्जरल्यान्ड र जर्मनीको मैत्रीपूर्ण भ्रमण । 
  • २०८१ असार ३० : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा चौथो पटक प्रधानमन्त्री नियुक्त ।
  • २०८१ साउन ९ : सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु । 
  • २०८१ भदौ १४ : फ्रान्समा भएको पारा ओलम्पिकमा नेपाली खेलाडी पलेशा गोवर्धनलाई ऐतिहासिक कांस्य पदक प्राप्त ।
  • २०८१ असोज ११ : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभालाई न्युयोर्कमा सम्बोधन ।
  • २०८१ असोज ११–१२ : अविरल घनघोर वर्षापछि आएको बाढीपहिरोले व्यापक जनधनको क्षति, काठमाडौँ उपत्यकामा रेकर्ड गर्न थालेयताकै बढी २३९.७ मिलिमिटर वर्षा ।  

लेखक आचार्य गोरखापत्रका नि. प्रबन्ध सम्पादक तथा काफ्ले गोरखात्रका पत्रकार हुनुहुन्छ ।

प्रस्तुत आलेख ‘ ऐतिहासिक घटनाक्रममा गोरखापत्र ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।