• १९ भदौ २०८२, बिहिबार

ग्लोरी अवार्ड प्रदान

blog

काठमाडौँ, भदौ १९ गते । युएनआइपी युएन ग्लोरी अवार्ड–२०२५ तथा ग्लोबल मिट थाइल्यान्डको राजधानी बैङ्ककमा सम्पन्न भएको छ । युनाइटेड नेचर इन्टरनेसनल पिस (युएनआइपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रम विश्व शान्ति यात्रा तथा एक सातासम्म चल्ने विशेष ग्लोबल मिट अन्तर्गत राखिएको हो । सो कार्यक्रममा नौभन्दा बढी मुलुकका शान्तिवादी नेता, मानव अधिकारकर्मी, कूटनीतिज्ञ तथा सामाजिक अगुवाको उल्लेखनीय उपस्थिति थियो ।

साहित्य, व्यवसाय, पर्यटन, सामाजिक सेवा, शान्ति अभियान, वातावरण, स्वास्थ्य, खेलकुद व्यवस्थापन र महिला सशक्तीकरणलगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याएका २७ जना अन्तर्राष्ट्रिय तथा नेपाली व्यक्तित्वलाई उत्कृष्टता पुरस्कार प्रदान गरियो । शान्ति र मानवतावादी सेवामा निरन्तर योगदान पु¥याएका १६ जना विशिष्ट व्यक्तित्वलाई ‘शान्ति राजदूत प्रमाणपत्र’ प्रदान गरिएको थियो ।