• १९ भदौ २०८२, बिहिबार

त्रिशुली नदीमा महिलाको शव फेला

blog

गुणबहादुर रोका 
सुलीकोट, भदौ १८ गते ।
गोरखा तर्फको गण्डकी गाउँपालिका – ८ बर्खेघाटस्थित त्रिशुली नदीमा एक महिलाको शव फेला परेको छ । फेला परेको शव नुवाकोट जिल्लाको बिदुर नगरपालिका – ८ खुर्सानी बस्ने ५१ वर्षीया उमादेवि भट्टको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुब प्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्गलबार बेलुका साँझ ५ बजे त्रिशुली नदीको गोरखातर्फको भागमा महिलाको शव त्रिशुली नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त गर्ने वित्तीकै जिल्ला प्रहरी कार्यालय गोरखाको टोली घटनास्थल तर्फ पुगी शवको प्रकृति मुचुल्का तयार पारी शवलाई गोरखा अस्पतालमा ल्याएर राखिएको प्रहरी निरीक्षक शर्माको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले मृतकका आफन्तलाई खबर पठाइसकेकाले मृतक महिलाको आफन्त आएपछि बुधबार पोष्टमार्टम सम्पन्न भएपछि परिवारलाई शव जिम्मा लगाइने बताइएको छ ।

उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।