• ११ भदौ २०८२, बुधबार

स्टुडेन्टमाथि चर्च ब्वाइजको फराकिलो जित

blog

बल खोस्ने प्रयास गर्दै चर्च ब्वाइज र स्टुडेन्ट एफसीका खेलाडी ।

काठमाडौँ, भदौ ११ गते । चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा महिला लिग छनोट फुटबलमा फराकिलो जित निकालेको छ ।

सातदोबाटाेस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजले स्टुडेन्ट एफसीलाई ४–० गोलले हरायो । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको छनोट खेलमा १४ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।  

समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्ले अफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।