काठमाडौँ, भदौ ११ गते। गोरखापत्र संस्थान र राष्ट्रिय सूचना आयोगबिच सहकार्य गर्ने सम्झौता भएको छ। बुधबार सूचना आयोगको कार्यालयमा गोरखापत्र र आयोगबिच सहकार्य सम्बन्धी सम्झौता भएको हो।
आयोगका तर्फबाट प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य र संस्थानको तर्फबाट महाप्रबन्धक लालबहादुर ऐरीले सम्झौता आदानप्रदान गर्नुभएको हो।
सम्झौता पत्रमा आयोगको तर्फबाट उपसचिव सन्तोषकुमार दाहाल र गोरखापत्र संस्थानको तर्फबाट व्यापार विभाग प्रमुख गङ्गाबहादुर पन्थीले हस्ताक्षर गर्नुभएको छ।
सम्झौता आदानप्रदान कार्यक्रममा संस्थानका महाप्रबन्धक ऐरी, व्यापार विभाग प्रमुख पन्थी, व्यापार प्रवर्द्धन शाखा प्रमुख दीपक पौडेल र आयोगका प्रमुख आयुक्त डा. आचार्य, सूचना आयुक्त गगन विष्ट, दुर्गा भण्डारी पौडेल, उपसचिव दाहालसँगै लेखा अधिकृत अशोक न्यौपानेको उपस्थिति थियो।