• ७ वैशाख २०८१, शुक्रबार

अध्यक्षकी आमाको मृत्यु भएपछि गाउँसभा स्थगित

blog

हुुम्ला असार ११ गते । सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुुर रोकायाकी आमाका मृत्युु भएपछि गाउँसभा स्थगित भएको छ । शुुक्रबार चार बजे सभामा बजेट प्रस्तुुत भइरहेको समयमा अध्यक्षकी आमाको मृत्युुको खबर आएपछि सभा स्थगित भएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुुर रावतले सभा सञ्चालन भइरहेको समयमा अध्यक्षकी आमाको मृत्युुको खबरले सभा स्थगित भएको बताउनुुभयो । सभामा उपाध्यक्ष चन्द्रसिंह कार्कीले बजेट प्रस्तुुत गरिसकेपछि त्यसमाथि छलफल गर्ने तयारी भइरहेको बेला अकस्मात अध्यक्षकी आमाको मृत्युुको आउँदा सभा स्थगित गरेर सभाका धेरै सदस्य मलामी जानुुभएको थियो ।

उहाँले सभामा ४३ करोडको बजेट प्रस्तुुत भएको बताउनुुभयो । उहाँले अब कार्यपालिका बैठकले निर्णय गरेर पुनः सभा कहिले सञ्चालन गर्ने भन्ने कुरा निर्णय हुने जानकारी दिनुुभयो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।