जीवछ यादव
लहान, भदौ ५ गते । कृषकलाई माग अनुसारको मल आपूर्ति गर्न कृषि सामग्री कम्पनि लिमिटेड लहानले तेस्रो पटक मल वितरणमा सरोकारवालाहरुलाई जिम्मेवार बनाएपछि मल वितरणमा सहजता आएको छ । मल वितरण तालिका पारदर्शी रुपले जानकारी गराउन थालिएपछि बल्ल किसानहरुले मल आएको विवरणबारे स्पष्ट रुपमा बुझन थालेका हुन् ।
कम्पनि लिमिटेड लहाकाका शाखा प्रमुख दिपराज पौडेलका अनुसार सिरहाका १७ वटै पालिकामा रहेको ११५ वटा कृषि सहकारीलाई दोस्रो पटक गएको डिएपी मल पुगेको दस दिन भित्रै तेस्रो पटक मल वितरण गरिएको हो ।
तेस्रो पटक २३ हजार ४६५ बोरा डिएपी मल साउनको अन्तिममा वितरण गरिएको हो । सिरहामा यस वर्ष ८८.१७ प्रतिशत रोपाइँ भएको छ । धान गोडमेल गरेपछि युरिया मलको आवश्यक्तालाई ध्यानमा राखेर युरिया मल आपूर्तिका लागि गृहकार्यमा लागेका छौँ ।
तेस्रो पटकमा लहान नगरपालिकाका सात हजार १५६ हेक्टरमा हुने धन खेतिको लागि दुई हजार ५०० बोरा, धनगडीमाइ नगरपालिकामा हुने पाँच हजार ३४२ हेक्टरमा पुग्ने एक हजार ९४० बोरा,गोलबजार नगरपालिकाका लागि पाँच हजार १६३ हेक्टरमा पुग्ने एक हजार ८८५ बोरा,कल्याणपुर नगरपालिकामा पाँच हजार ९१४ हेक्टरको पुग्ने एक हजार ८२० बोरा, सिरहा नगरपालिकामा सात हजार ५६१ हेक्टरको पुग्ने दुई हजार ६४० बोरा, सुखीपुर नगरपालिकामा चार हजार ४४९ हेक्टरका लागि एक हजार ६५० बोरा, मिर्चैया नगरपालिकामा चार हजार ४२३ हेक्टरका लागि एक हजार ६२० बोरा, कर्जन्हा नगरपालिकामा दुई हजार ५९३ हेक्टरका लागि ९८५ बोरा, लक्ष्मीपुर पतारी गाउँपालिकाको तीन हजार ००१ हेक्टरका लागि एक हजार १२० बोरा, अर्नमा गाउँपालिकामा दुई हजार ५५९५ हेक्टरका लागि ९९० बोरा, सखुवानन्कारकटि गाउँपालिकामा दुई हजार ३३२ हेक्टरका लागि ८८५ बोरा, भगवानपुर गाउँपालिकामा दुई हजार २०६ हेक्टरका लागि ८५० बोरा, नबराजपुर गाउँपालिकामा दुई हजार ४२३ हेक्टरका लागि ९२० बोरा, बरियारपटि गाउँपालिकामा तीन हजार २४९ हेक्टरका लागि एक हजार ०२० बोरा, नरहा गाउँपालिकामा एक हजार ९१७ हेक्टरका लागि ७५० बोरा र विष्णुपुर गाउँपालिकामा एक हजार ७७८ हेक्टरका लागि ६९० बोरा डिएपी मल वितरण गरिएको हो ।
कुन पालिकामा कति कल गएकोबारे किसानहरुलाई यकिन नहुने मल वितरण कोटा पारदर्शी गर्न कम्पनि लिमिटेड लहानले पारदर्शी गर्न थालेको शाखा प्रबन्धक पौडेलले बताउनुभयो ।
‘‘सहकारीबाट वितरण भइरहेको मल पहुँचवाला र राजनीतिक रुपमा प्रभावशाली व्यक्तिहरु जतिपनि पाउने सर्वसाधारण किसानले नपाउने गुनासो आएपछि सिरहा नगरपालिका भगवानपुर गाउँपालिका र लहान नगरपालिकामा मल वितरण गरिएको कृषि सहकारी अनुगमन समेत गरिएको छ । अनुगमनपछि मल वितरणबारे सरोकारवाला अनुगमनकारी निकाय र पालिका प्रमुखहरुसँग समेत मल वितरणमा किसानले सहजता पाउने गरी नीति बनाएका छौ,’’ उहाँले प्रष्टयाउनुभयो ।
मल नपाएको गुनासो किसानहरुबाट आएपछि सिरहा नगरपालिकामा तेस्रो पटक गएको मलको विवरणसहित किसानहरुलाई जानकारी गराई मल नपाउने किसान नगरपालिकामा सम्पर्क गर्न समेत अह्वान गरेको सिरहा नगरप्रमुख नविन कुमार यादवले बताउनुभयो ।
कृषि सहकारीबाट किसानले डिएपी मल नपाएपछि भारतीय बजारबाट मल ल्याएर छरेको गुनासो बढ्न थालेपछि मल व्यवस्थापनका लागि सबैको चासो बढ्न थालेपछि अनुगमनलाई प्राथमिकता दिएको इलाका प्रशासन कार्यालय लहानका शाखा अधिकृत सन्तोष रायले बताउनुभयो ।