• २ भदौ २०८२, सोमबार

नगदेश भैरवको जात्रा सम्पन्न

blog

नगदेश भैरवको जात्रा । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, साउन ३० गते । १२ वर्षपछि पुनर्जीवित भएको नगदेश भैरवको जात्रा सम्पन्न भएको छ । गएको सोमबारदेखि सुरु भएको जात्रा बिहीबार राति नगदेश परिक्रमापछि सम्पन्न भएको हो ।

तान्त्रिक तथा नेवार परम्परामा आधारित सांस्कृतिक नाचमा ज्यापुंगचा, न्हापा भैल, लिपा भैल, न्हापा दागिं, लिपा दागिं गरी पाँच देवगणले विशेष प्रकारको नाच प्रस्तुत गरिन्छ । 

नेवार समुदायले बजाउने धाँ बाजा, भुस्या बाजा, पुंगा लगायतका बाजाको तालमा भैरव लगायत देवगणहरुले नाच प्रस्तुत गर्ने गरिन्छ । नाचका गुरुका अनुसार सहकाल, रोगव्याधिबाट बच्न-बचाउन तथा प्राकृतिक प्रकोप जस्ता विपदमा बच्न यो नाच प्रस्तुत गर्ने गरिन्छ । 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।