• २ भदौ २०८२, सोमबार

भोले बाबा सार्वजनिक

blog

काठमाडौँ, साउन ३० गते । देउडा गायक सुरेश शाहीको ‘भोले बाबा’ बोलको शिव भजन सार्वजनिक भएको छ । उहाँले भजन भनेको बुढा पुस्ताको मात्र हो भन्ने मान्यता तोड्न आफ्नो गीत सफल हुने बताउनुभयो ।

गीतमा गायक शाही, रिता केसी र पवन रानाभाटले स्वर दिनुभएको छ । गायक शाही, केसी र गीतकी लेखिका सुमित्रा खड्का, दीपा पनेरूको अभिनय रहेको छ । शिवको भूमिकामा युवराज पौडेल र पार्वतीको भूमिकामा सुमित्रा देखिनुभएको छ । विक्रम चौहानले निर्देशन गर्नुभएको गीतको एरेन्ज तथा मिक्सिङ पवन रानाभाट, भिडियो सम्पादन टेकेन्द्र शाहले गर्नुभएको छ ।