• २६ साउन २०८२, सोमबार

अनार झर्न थालेपछि किसान चिन्तित

blog

हिमाली गाउँपालिका –४ स्थानीय शेरबहादुर कार्कीले लेबडीमा लगाएको अनार खेती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 
बाजुरा , साउन २६ गते ।
बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा लगाएको अनार पाक्ने समयमा झर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । सुरुमा अनार राम्रोसँग फल्ने र पछि पाक्नेबेला झर्न थालेपछि किसान चिन्तित बन्दै गएका हुन् ।

पछिल्लो समय यहाँको हिमाली गाउँपालिकाले किसानलाई अनार खेती गर्न सुरु गरेको थियो । अनार खेतीबाट यहाँका किसानको आर्थिक अवस्था सुधार गर्ने गरी गाउँपालिकाले पछिल्लो समय खाद्यानका लागि वृक्षारोपण कार्यक्रमअन्तर्गत किसानलाई अनारको बोट वितराण गरेको थियो ।

अहिले उनीहरुले लगाएको अनार सुरुमा राम्रो फल्ने र त्यसपछि नपाँक्दै झर्ने गरेको छ । यसरी अनार बोटबाटै झर्न थालेपछि अहिले यहाँका किसान चिन्तित बनेका हुन् ।  

वैशाख जेठको महिनामा बोटमा अनार राम्रोसँग लागेको थियो । तर जेठको अन्तिममा झर्ने गरेको हिमाली गाउँपालिका –४ बोर्ता लेबडीका अनार किसान शेरबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही बोट गाउँपालिकाले दिएको र त्यसपछि अन्य बोट आफैँले ल्याएर रोपेको हो । त्यो रोपेको दुई तीन वर्षमै राम्रोसँग हुर्कियो । लगतै फल्न पनि सुरु भयो । तर अहिले त्यो बोटमा एक दाना पनि अनार रहँदैन ।”

यसका लागि मैले धेरै ठाउँमा कृषि प्राविधिकसँग सल्लाह लिने काम गरेको छु । उहाँहरुको सल्लाह अनुसार केही दिन विषादी पनि हालेको हो । तर पनि अनार अझै झर्न नरोकिएको कृषक कार्कीको गुनासो छ ।

अहिले यहाँका किसानले सेतो र रातो अनार लगाउँने गरेका छन् । त्यो अनार पहिला राम्रोसँग फल्ने र त्यसपछि विस्तारै आफैँ झर्ने गर्छ ।

कार्कीको बारीमा झण्डै एक हजार अनारको बोट छन् । ती सबै बोटमा राम्रोसँग अनार फलेका छन् । बोटमा दाना पनि राम्रोसँग लागेको छ । तर पाक्ने बेलामा भने त्यो बोटमा एक दाना पनि रहँदैन् ।

अनार फल्ने समयमा त्यहाँ पुतली रस चुस्नका लागि जान्छ । त्यसपछि रस चुस्ने र त्यसैमा लार्भा छोड्ने गर्छ । त्यसै लार्भाबाट उत्पन्न भएको किराले अनारको दाना खाएर झर्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसका लागि किसानले फुल फुन्ले बेलामा नै प्रत्येक फुलमा ट्याप राख्नु पर्छ । अर्को मिथाईल युजिनल हमर्कोन त्यसमा राख्नुपर्छ । यसमा पोथी पुलतीको गन्ध राखेको हुन्छ । भाले पुतली आउँछ त्यसभित्र छिर्छ त्यसमा विषादी हालेको हुन्छ । त्यसैमा पुतली मर्छ ।”

अनी मात्र अनारको दाना बचाँउन सकिन्छ । यदी यसो गरेर भने अनार बचाउन समस्या हुन्छ । अर्को कुरा अनार अलि बाक्लो छ । त्यसलाई छाँटकाट गर्नु पर्ने देखिन्छ । पहिला म आफै गएर त्यस ठाउँमा पुगेर किसानलाई त्यो सल्लाह दिएको हो । अहिले पनि एक पटक त्यहाँ गएर फेरि हामीले यसका लागि के गर्न सकिन्छ त्यो काम गर्ने तयारीमा रहेको न्यौपानेले बताउनुभयो ।