• २३ मङ्सिर २०८२, मङ्गलबार

महाकालीमा डुबेर दुई बालिका बेपत्ता

blog

बेपत्ता बालिकाको खोजी गर्दै स्थानीय र सुरक्षाकर्मी। तस्बिरः भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, साउन २५ गते। महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता हुनुभएको छ। आइतबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–११, ऐरीका दुई बालिका बेपत्ता हुनुभएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, भीमदत्त नगरपालिका–११का अन्दाजी ७ वर्षीया जीविता पन्त र आठ वर्षीया पानवी पन्त बेपत्ता हुनुभएको हो। शुक्रबार दिउँसो दाइसँगै नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायa उपरीक्षक सागर बोहराले बताउनुभयो। 

भीमदत्त नगरपालिका ११ र १२ को सिमानाबाट नुहाउने क्रममा उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बालिकाको खोजी भइरहेको प्रनाउ बोहराले बताउनुभयो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत स्थानीयले बेपत्ता बालिकाको खोजी गरिरहेका छन्।