प्रवीणकुमार शर्मा
रौतहट, साउन २५ गते । रौतहटको चन्द्रनिगाहपुर–४, धनसारबाट लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक टीकामाया सिवाकोटीको टोलीले पूर्व पश्चिम सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ८० प. ९८९३ नं. को मोटरसाइकललाई शङ्का लागि चेक जाँच गर्दा ९ किलो ७५० ग्राम लागुऔषध गाँजासहित मोटरसाइकल चालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक प्रवक्ता दीपककुमार रायले जानकारी दिनुभयो ।
प्रवक्ता रायका अनुसार बारा जिल्ला निजगढ नगरपालिका–१२ घर भएका ३४ वर्षीय दीपक थिङ पक्राउ परेका हुन्। थिङले लागु औषध गाँजा जेब्रा झोलामा लुकाई छिपाई ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।