जनार्जन खत्री
सर्लाही, साउन २४ गते । सर्लाहीको बलरा नगरपालिका –६, मिर्जापुरमा शनिबार साँझ खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ । सीमावर्ती क्षेत्रस्थित मिर्जापुरका बिकाउ बैठाकी छोरी १६ वर्षीया रङ्गिला बैठाको पुरानो मनुष्मारा खोलामा डुबेर मृत्यु भएको हो ।
शनिबार साँझ घाँस काटेर घर फर्किदै गर्दा खोला तर्नेक्रममा चिप्लिएर जलकुम्भीमा टाउको फस्दा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतक युवतीको शव पोष्टमार्टमका लागि अहिले राति प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो ।