• २४ साउन २०८२, शनिबार

कैलाली कारागारमा झडप : एकको मृत्यु, ४७ जना घाइते

blog

धनगढीस्थित कारागार । तस्बिर : सामाजिक सञ्जाल

अविनाश चौधरी

धनगढी, साउन २४ गते । कैलालीको धनगढीस्थित कारागारमा कैदीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । कैदीबिच भएको कुटाकुटमा धनगढीका भरत चौधरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

कैदीबिच भएको कुटाकुटमा ४७ जना घाइते भएका जोशीले जानकारी दिनुभयो । घाइते कैदीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कैलाली कारागारमा बिहीबारपनि कैदीबिच झगडा भएको थियो । त्यस दिनको घटनामा पनि केही कैदी घाइते भएका थिए । 

कैदीबिच झगडा भएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित प्रहरी अधिकारीले पुगेर विवाद मिलाउने प्रयास गरेका जनाइएको छ । प्रमुख जिल्ला अधिकारीको प्रयासका बावजुद कैदीबिचको झगडाले झन उग्र रुप लिएको छ ।