• २१ साउन २०८२, बुधबार

सुझाव माग्न गाउँ पस्दै एमाले

blog

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिले गरेका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, साउन २० गते । नेकपा (एमाले) कर्णाली प्रदेशले पार्टीको बिधान संशोधनको सुझाव माग्न गाउँ केन्द्रीत कार्यक्रम गर्ने भएको छ । बिधान संशोधनमा ग्रामीण क्षेत्रका नेता कार्यकर्ता बुद्धीजिवीहरुको सुझाव लिन गाउँ पस्ने निर्णय गरेको हो । 

सोमबार सम्पन्न प्रदेश कमिटीको छैठौँ वैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गरिएको हो । वैठकले नेकपा (एमाले) को अन्तर पार्टी निर्देशन–१२ अनुसार दृढतासाथ अघि बढने निर्णय गरेको पार्टी प्रचार तथा प्रसार विभाग प्रमुख रमेशबहादुर शाहीले जानकारी दिनुभयो । 

एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वैठकले पारित गरेका निर्णयहरु सार्वजनिक गर्दै प्रमुख शाहीले पार्टीको नवौं वैठकले पारित गरेको निर्णय मातहतका सबै कमिटीमा लागु गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

नेकपा (एमाले) का पार्टी अध्यक्ष गुलावजंग शाहले डोल्पाको दुईवटा पालिका र प्रदेशका विभिन्न ४८ वटा वडा अधिवेशन गर्ने निर्णय गरिएको बताउनुभयो ।
‘अधिबेशन हुन बाँकी रहेका पालिका वडाहरु कार्तिक भित्र र अवधि पुगेका जनसंगठनहरुको अबिधेशन २०८२ असोजभित्र सम्पन्न गर्ने निर्णय गरेको बताउनुभयो । 

पत्रकारले राखेको प्रश्नको जफाव दिँदै नेकपा (एमाले) कर्णाली प्रदेश इन्चार्ज गोरख वोगटीले पार्टीले आगामी २०८४ सालमा बहुमत ल्याउनेगरी जनस्तरसम्म पुग्ने बताउनुभयो । उहाँले एमालेले आरक्षण नभई समावेसिता खोजेको बताउनुभयो ।