भवानीदत्त भट्ट
कञ्चनपुर, साउन २० गते । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मङ्गलबार साँझ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना शुक्लाफाँटा नगरपालिका–७ का ४४ वर्षीय गजेन्द्रबहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, पूर्व पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११, कलुवापुर बजार नजिक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कुँवर गम्भीर घाइते हुनुभएको थियो ।
धनगढीबाट कलुवापुर तर्फ आइरहेको सुपप्र ०२–००३ प्र.–४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका कुँवरको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो ।
दुर्घटनाबाट मोटरसाइकलमा पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । मृतकको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।