ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन १९ गते । सोमबार (आज) बिहान बेनीको पर्यटकीय स्थल लभ्लीहिलबाट देखिएको बेनी बजारको दृश्य । कालिगण्डकी र म्याग्दी नदीको किनारमा अवस्थित बेनी प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा लिइन्छ ।
मुस्ताङको कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएमा कालिगण्डकी कोरिडोरमा पर्ने बेनीबजार ठूलो व्यवसायिक स्थलका रुपा परिणत हुने सम्भावना छ ।
बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, सिङ्गा, पुलाचौर, रत्नेचौर र ज्यामरुककोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।
म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो । बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो । यो अन्नपूर्ण बेसक्याम्प लगायत मुस्ताङ जिल्लाका सबैजसो ठाउँ जाने मुख्य नाका हो । हिन्दू र बौद्ध दुवैको ठूलो तीर्थस्थल मुक्तिनाथ जाने बाटो बेनी भएर जान्छ ।