काठमाडौँ, साउन १८ गते । एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा गरेको छ ।
भारतको विहारमा साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदै छ । यसै ट्रफीका लागि नेपाल रग्बी सङ्घले आइतबार १३ सदस्यीय खेलाडी टोलीको घोषण गरेको हो ।
पछिल्लो संस्करण यस उमेरसमूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही हुनुहुन्छ ।
सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु–२० महिला रग्बी टोली छनोट भएको हो । नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
नेपाली टोली साउन २२ गते भारत प्रस्थान गर्नेछ । प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रबाट आठ आठ पुरुष/महिला टोलीले प्रतिस्पर्धा गर्नेछन् ।