• १६ भदौ २०८१, आइतबार

सातवटा कुकुरले टोक्दा एक कर्मचारीको अवस्था गम्भीर

blog

कुकुरले टोक्दा घाईते हुनुभएका सिमकोट गाउँपालिका–५ की सप्पा रावत । तस्बिर: राजन रावत

हुुम्ला, असार ७ गते । जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगीलाई मङ्गलबार बिहान सात वटाभन्दा बढी कुकुरले टोक्दा उहाँको अवस्था गम्भीर भएको छ । खेतीपाती गोडमेल गर्न जानेक्रममा कुकुरले टोक्दा  सिमकोट गाउँपालिका–५ की सप्पा रावत घाइते हुनुभएको हो । 

सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रको रानीबनबाट आएको सातभन्दा बढी कुकुर आएर आफ्नो जग्गामा गोडमेल गर्दै गरेकी रावतलाई टोकेर घाइते बनाएको आफन्त विष्णु रावतले बताउनुभयो ।  गोडमेल गर्दै गरेको जग्गामा छाडा कुकुरले टोकेर घाइते भएर लडेकी रावतलाई  खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका विष्णु रावत लगाएतको टिम गएर अस्पतालसम्म बोकेर उद्धार गरेको थियो ।

अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले घाइतेको अवस्था गम्भीर रहेको र उहाँलाई जिल्ला बाहिर रिफर गरिएको बताउनुभयो । टाउको,शरिरको पछाडीको भाग, तिघ्रा, हात खुट्टा लगाएतका भागमा कुकुरले टोकेर जताततै घाउ बनाएको उहाँले बताउनुभयो । उहाँको टाउकोमा गहिरो घाउ बनेको र प्राथमिक उपचार अस्पतालमा गरिएको उहाँले बताउनुभयो । उहाँलाई नेपालगन्ज उपचारका लागि लैजाने तयारी भइरहेको छ ।

Author

राजन रावत