गोरखापत्र समाचारदाता
काठमाठौँ, साउन ९ गते । काठेभाकाका लागि परिचित प्रतिमा अर्यालको ‘दामी देखिन्छौ’ बोलको भिडियो गीत सार्वजनिक भएको छ ।
प्रतिमा अर्याल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा नमराज पाण्डेले उहाँलाई स्वरमा साथ दिनुभएको छ । गीतमा पाण्डेकै शब्द र सङ्गीत रहेको छ भने महेन्द्र भण्डारीले सङ्गीत संयोजन गर्नुभएको छ । नृत्यमा आधारित भिडियोमा शङ्कर बिसी, लोसिना लामिछाने, मनोहर श्रेष्ठको अभिनय रहेको छ । राजेश घिमिरेको छायाङ्कन रहेको गीतको निर्देशन बिसीले गर्नुभएको छ । गीतमा बिसीले नै नृत्य निर्देशन गर्नुभएको छ ।
काठेभाका गायनबाट छ सयभन्दा धेरै गीतमा आवाज दिनुभएका अर्यालका ‘ओए गनगन’, ‘सेतो सेतो कमेरो माटो’, ‘लाग्छ माया’, ‘ओए पापी’, ‘रूपै रैछ मोहनी लाउने’ लगायत गीत चर्चित छन् । गायिक अर्यालले यो गीत काठेभाकाभन्दा फरक रहेको बताउनुभयो ।