काठमाडौँ, साउन ५ गते । ई–स्पोर्ट्स सङ्घ नेपाल (इशान)ले पब्जी मोबाइल ई–स्पोर्ट्स वल्र्डकप खेल्ने नेपाली टोली होर ई स्पोर्ट्सको सोमबार बिदाइ गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदमा सोमबार एक कार्यक्रमको आयोजना गरेर साउदी अरबमा हुने ई–स्पोर्ट्स वल्र्डकप खेल्ने नेपाली टोली होर ई स्पोर्ट्सको बिदाइ गरिएको हो ।
पब्जी टिममा खेलाडीको रूपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गर्नुहुने छ ।
टोलीको म्यानेजरमा उमेश बुढथापा, अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ रहनुभएको छ । साउदी अरबमा जुलाई २५ देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा होर ई–स्पोर्ट्स एक्लो टोलीको रूपमा छनोट भएको हो ।
काजकिस्तानमा गत महिना भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होरले विश्वकपमा स्थान बनाएको थियो ।
झन्डै ४१ करोड रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले करिब सात करोड रुपियाँ पुरस्कार पाउने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगातले बिदाइ गर्नुभयो ।