• ५ साउन २०८२, सोमबार

गण्डक नहरमा एक पुरुषको शव फेला

blog

बोमलाल गिरी

नवलपुर, साउन ५ गते । नवलपुरमा एक जनाको शव फेला परेको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७, साइफोन नजिकै पश्चिम जाने गण्डक नहरको ३ नम्बर ढोकामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार घोप्टो परेको अवस्थामा फेला परेको शवको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई पानीबाट बाहिर निकालेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।