• ४ साउन २०८२, आइतबार

कालीगण्डकी कोरिडोर अवरुद्ध

blog

बोमलाल गिरी

नवलपुर, साउन ४ गते । नवलपुरको गैँडाकोट नगरपालिका–३ तरङ खोलामा पानीको बहाव बढेपछि कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । 

बाढीले खोलाको डाइभर्सन बगाएपछि कोरिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । 

गैँडाकोट हुँदै पाल्पा पुग्ने यो सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुहरुले सास्ती पाउने गर्दछन् । पानीको बहाव घटेपछि डाइभर्सन बनाइ सडक सञ्चालन गरिने नेपालले बताउनुभयो । 

नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेमा अवरोध हुन सक्ने भन्दै यात्रुले काेरिडोरको बाटो प्रयोग गर्ने गरेका छन् । यो करिडोर पनि बन्द भएपछि यात्रु मारमा परेका छन् । नवलपुर क्षेत्रमा बिहानैदेखि भारी वर्षा भइरहेको छ ।