काठमाडौँ, साउन १ गते । नेकपा (एमाले) को सचिवालय बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ । एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले केही समयदेखि समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
एमालेको साउन २ गते पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने समय तय भएको छ । उहाँले विधान महाधिवेशनको तयारीका लागि बस्न लागेको बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बसेको जानकारी दिनुभयो ।