• १ साउन २०८२, बिहिबार

नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत

blog

नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, असार ३२ गते। नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा. माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय-व्ययको बजेट पारित भएको हो। 

बैठकमा कुलपति ओलीले संस्कृत नेपालको संस्कृतमा विनय र पात्रतासहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवर्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताउनुभयो। 

विश्वविद्यालयका उपकुलपति प्राडा. धनेश्वर नेपालले गुरुकूल प्रणालीको संरक्षण गर्न र विश्वविद्यालयको स्थायी छात्र स्रोत सुनिश्चित गराउन सातै प्रदेशमा ‘एक विद्यापीठ ः एक नमुना गुरुकूल’ को अवधारणा अगाडि ल्याइएको बताउनुभयो।